समाचार

साँफेबगरमा १ हजार ३८३ परिवारलाई गरिब परिचयपत्र, ५८३ अतिगरिब

अछाम। साँफेबगर नगरपालिकामा १ हजार ३ सय ८६ परिवारलाई गरिब परिचयपत्र वितरण गरिएकाे छ । मेयर कुलबहादुर कुँवरका अनुसार १४ वटै वडाका गरिब परिवारलाई परिचयपत्र वितरण गरिएकाे हाे ।

अति गरिब (रातो कार्ड) ५ सय ८३, गरिब (पहेँलो कार्ड) ४ सय ३८ र सामान्य गरिब (निलो कार्ड) २ सय ६२ परिवार छन् । साँफेबगर-१४ पातलकोटमा २ सय गरिब परिवार छन् भने सबैभन्दा कम वैजनाथ र भाग्यश्वरमा २५-२५ परिवार छन् ।

गरिबको सूचीमा रहेका परिवार नगरपालिकाबाट प्रवाह गरिने सेवामा पहिलो प्राथमिकतामा दिइने कुँवरको भनाइ छ । उनले परिचयपत्र पाएका परिवारभित्रका जेहेन्दार विद्यार्थीलाई लक्षित गरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराइने पनि जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *