काठमाडौं ।युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी गोलरहित बराबरीका बाबजुत समग्रमा ५-० को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गरेको छ।
बुधबार राति सिटीको घरेलु मैदानमा भएको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ लिसबोनसँग सिटी गोलरहित बराबरीमा रोकिएको थियो। तर सिटीलाई अन्तिम ८ मा पुर्योउन पहिलो लेगको ५-० को जितनै पर्याप्त बन्यो।
इतिहाद स्टेडियममा सिटीले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि गोल भने गर्न सकेन। २४औं मिनेटमा फिल फोडेनको प्रयासलाई स्पोर्टिङका गोलरक्षक एडानले विफल पारे। त्यस्तै ३९औं मिनेटमा रहिम स्टर्लिङले गरेको प्रहरालाई गोलरक्षक एडानलेनै जोगाएका थिए।
४७औं मिनेटमा गाब्रियल जेससले गोल गरेपनि भिएआरले मान्यता नपाउँदा सिटी घरेलु मैदानको संभावित अग्रताबाट चुकेकोथ थियो। त्यसोत लिसबनले पनि सिटीको तुलनामा केही आक्रमण गरेपनि गोल गर्न सकेन्। क्वाटरफाइनलको ड्र आगामी १८ मार्चमा सार्वजानिक गरिने छ।




