काठमाडौं । नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी पुरुषतर्फ फेब्रुअरी महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयनमा परेका छन् ।
ओमानमा सम्पन्न आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटका क्रममा दिपेन्द्रले नेपालका लागि ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
दीपेन्द्रले विश्वकप छनोटमा १ सय ५९ रन र ३ विकेट लिएका थिए । त्यसअघि चार देश सम्मिलित सिरिजमा १ सय ४२ रन र आयरल्यान्डविरुद्ध एकै खेलमा ४ विकेट हात पारेका थिए ।
फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडीको मनोनयनमा दीपेन्द्रसँगै भारतका श्रेयस एेर र यूएईका वृत्य अरविन्द रहेका छन् ।




