समाचार

रुसी पेट्रोलियम पदार्थ र ग्याँस आयातमा अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले रुसबाट आयात हुने पेट्रोलिय पदार्थको आयात रोक्ने निर्णय गरेको छ ।

राष्ट्रपति जो वाइडेनले रुसबाट आयात हुने पेट्रोलियम पदार्थ र ग्यासको आयात रोक्ने घोषणा गरेका हुन् । स्वतन्त्रताको रक्षाका लागि आयातमा प्रतिवन्ध लगाएको वाइडेनले घोषणा गरेका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला अमेरिकाले रुसबाट आयात बन्द गरेको हो । यसले रुस अमेरिका सम्बन्धमा थप समस्या आउनसक्ने देखिएको छ ।

यसैबीच वेलायतले समेत सन् २०२२ को अन्त्यसम्म रूसी कच्चा तेल लगायत अन्य पेट्रोलियम आयात चरणबद्ध रूपले घटाउँदै लैजाने निर्णय गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *