काठमाडौँ । नेपालमा थप १९४ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ७४ र एन्टीजेन परिक्षणबाट १२० गरि कुल १९४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३४८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.२ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले ११० जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ६३८ पिसिआर र २७५६ नमुना एन्टीजेन परिक्षण गरि कुल ६ हजार ३९४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ८७५ पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४९ पुगेको छ ।




