राजनीति

न झुक्छौँ न बहकिन्छौँ, राष्ट्रहितलाई ध्यान दिन्छौँ : एकीकृत समाजवादी

काठमाडौं।एकीकृत समाजवादीले आउँदो बुधबार बस्ने केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्न छलफल गरिएको छ ।

काठमाडौंमा सोमबार बसिरहेको पोलिट्ब्युरो बैठकमा २५ फागुन बुधबार बस्ने बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल भइरहेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल भइरहेको छ । एकीकृत समाजवादी राष्ट्रहितलाई ध्यानमा राखेर अघि बढ्ने र सोहीअनुुसार निर्णय हुने उनले बताए ।

‘एकीकृत समाजवादी न झुक्छ न बहकिन्छ, राष्ट्रहितलाई ध्यानमा राखेर अघि बढ्छ,’ प्रवक्ता खतिवडाले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *