काठमाडौँ । नेपालमा थप ८८ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ६६ र एन्टीजेन परिक्षणबाट २२ गरि कुल ८८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.१ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १०८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार १४५ पिसिआर र २४९३ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार ६३८ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १५० पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४८ पुगेको छ ।




