समाचार

बाँकेमा अवैध लागूऔषध र पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । खजुरा गाउँपालिका–१ बहादुरपुरबाट करिब ९० ग्राम अवैध लागू औषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा खजुरा गाउँपालिका–१ बहादुरपुर बस्ने २५ वर्षीय गल्क्षी भन्ने रबिन्द्र थापा, सोही गाउँपालिका–२ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगंज उपमहानगरपालिका–१३ भृकुटीनगर बस्ने २८ वर्षीय सुरेश रोका मगर रहेका छन्।

उनीहरुको साथबाट म्याग्जिन नभएको १ थान अटोमेटिक पेस्तोल समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी राधापुर र ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *