एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग फोनमा कुरा गर्दै सुमीमा फसेका भारतीय विद्यार्थीको उद्धारमा सहयोग मागेका छन् । दुई नेताबीच करिब ३५ मिनेट वार्ता भएको थियो ।
समाचार एजेन्सी एएनआईले भारतीय सरकारी स्रोतलाई उद्धृत गर्दै दुई नेताबीच युक्रेनको बदलिँदो अवस्थाबारे छलफल भएको जनाएको छ।
कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले रुस र युक्रेनबीच जारी वार्ताको पनि प्रशंसा गरेका थिए । मोदीले युक्रेनका राष्ट्रपतिलाई युद्धको मैदानबाट सुरक्षित रूपमा भारतीयहरूलाई निकाल्न सहयोग गरेकोमा धन्यवाद पनि दिएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले सुमीमा फसेका भारतीय विद्यार्थीहरूलाई बाहिर निकाल्न जेलेन्स्कीसँग सहयोग मागेका छन्।




