मुख्य समाचार

एकीकृत समाजवादीको पोलिट ब्युरो बैठक जारी

काठमाडौं । एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ । समसामयिक राजनीति र स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न पोलिटब्युरो बैठक बसेको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए ।

अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनलाई लिएर एकीकृत समाजवादीमा दुई धार छ । सो विषय पनि आजको पोलिटब्युरो बैठकमा छलफलको एजेन्डा रहेको छ । बैठकमा एमसीसीका आलोचक नेता झलनाथ खनाल पनि उपस्थित छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *