समाचार

नवजात शिशु हत्या आरोपमा आमा पक्राउ

काठमाडौँ । नवजात शिशुको हत्या आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा कालिका नगरपालिका–१० की २१ वर्षीय मञ्जु चेपाङ छिन्।

गत १७ गते अपराह्न ४ बजे कालिका नगरपालिका–१० टुँडिखेलमा सालनालसहितको नवजात शिशु फेला मृत परेको थियो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा चेपाङले जन्म दिएर शिशुको हत्या गरी फालेको खुलेको छ।

चेपाङलाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *