काठमाडौं ।युक्रेनको दक्षिणी तटीय सहर मिकोलाइभमा रुसले पुन: गोलाबारी सुरु गरेको खबर आएको छ।
स्थानीय अधिकारीहरूले उक्त विवरणबारे हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
तर स्थानीय “न्यूज-एन” समाचारसंस्थाले स्थानीय समयानुसार बिहान ५ बजेदेखि गोलाबारी सुरु भएको जनाएको छ।
न्यूयोर्क टाइम्सका एक संवाददाताले पोस्ट गरेको भिडिओ फुटेजमा पनि रातको समयमा आकाशमा विस्फोटन भएको देखिन्छ।
उनले ट्वीट गर्दै गोलाबारी सहरको पूर्वी क्षेत्रमा केन्द्रित भएको जनाएका छन्।
युक्रेनी फौजले झन्डै पाँच लाख जनसङ्ख्या भएको उक्त सहरलाई रुसी आक्रमणबाट पुनः नियन्त्रणमा लिएको एक दिनपछि फेरि त्यहाँ रुसी फौजले आक्रमण गरेको खबर आएको हो।




