समाचार

घरघर पुगेर गर्भवतीलाई कोसेली

अछाम । साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएकाे छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई काेसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई काेसेली दिइएकाे हाे ।

उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएकाे हाे ।

गर्भवतीका लागि पोष्टिक आहार लिएर घर आँगनमै आउँदा खुसी लागेको साँफेबगर नगरपालिका-४ मष्टमाडाैंकी सरिता भुलले बताइन् । गर्भावस्थामा महिलाका लागि कोसेली लिएर घरमा आउँदा स्थानीय सरकारको महसुस भएकाे उनकाे भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *