शिक्षा / स्वास्थ्य

पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको तथ्यांक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सार्वजनिक गरेको छ ।
यो अहिलेसम्म कै कम संक्रमण दर हो यसअघि शनिबार ९१ जनामा संक्रमण पुष्टि भएको थियो ।

यससँगै देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ९२९ जनामा परीक्षण भएको थियो। यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना निको हुँदा २ जनाको भने मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *