काठमाडौं । नेपाली काँग्रेस चागुनारायण–९ ले कांग्रेस राजनीतिमा योगदान गरेका अग्रज व्यक्तिहरुलाई सम्मान गरेको छ । वडा कार्यसमितिले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं कांग्रेस संसदीय दलका नेता इन्द बानियाको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा कृष्णप्रसाद ढुंगाना, शंकरप्रसाद ढुंगाना, बोजबहादुर बुढाथोकी, गजेन्द्रबहादुर बुढाथोकी, रामबहादुर थापा, भोलानाथ बुढाथोकी, उद्धव ढुंगाना, रघुनाथ बुढाथोकी, पुरुषोत्तम पराजुली, मोहनबहादुर थापा, केशव थापा, लक्ष्मण श्रेष्ठ, कपिल थापा, सानुभाइ बुढाथोकीलाई सम्मान गरिएको हो । यसै गरी केदार बुढाथोकी, राजेन्दबहादुर बुढाथोकी, स्व. रत्न बहादुर श्रेष्ठ, स्व.रुद्रबहादुर खत्री, धु्रब गिरी, स्व. श्यामप्रसाद ढुंगाना, विष्णुप्रसाद श्रेष्ठ, रामकृष्ण थापा, माधव प्रसाद पराजुली, बेलबहादुर थापा, शिवराम थापा, स्व. मुरारी प्रसाद ढुंगाना, स्व. सन्तोष गिरी, दीर्घबहादुर खत्री र टेकबहादुर थापा लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका र विगतमा काँग्रेसलाई बलियो बनाउन भूमिका निर्वाह गरी योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि बानियाले आगामी तीनै तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन अनुरोध समेत गरे । भ्रमको खेती गर्ने कम्युनिष्टहरुलाई जिताएर देशको हित नहुने उनले बताए । बानियाले नेपाल मजदुर किसान पार्टीलाई हुटिट्याउँको संज्ञा दिँदै ‘हुट्टियाउँको पछि लागेर आफ्नो ठाउँलाई पछि नपार्न पनि आग्रह गरे ।
कांग्रेस संसदीय दलका उपनेता एवं बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेलले भक्तपुरको विकास र संमृद्धिका लागि नेपाली कांग्रेसले कुनै कसर बाँकी नराख्ने बताए ।
भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले भक्तपुरमा काँग्रेसलाई विजयी बनाउनका लागि एकजुट भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए ।
यसै गरी क्षेत्रीय सभापति जीवन खत्रीले सुखी भक्तपुरबासी, समृद्ध भक्तपुर निर्माण नेपाली कांग्रेसको नेतृत्वमा मात्र संभव हुने भएकाले आगमी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित गराउन आग्रह गरे ।
जिल्ला तहदेखि प्रदेश तहसम्मका नेताहरुले ताथलीमा गरिएको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।





