शिक्षा / स्वास्थ्य

थप ६२ लाख डोज खोप ल्याउने मन्त्रालयको तयारी

काठमाडौं । नेपालमा थप ६२ लाख डोज फाइजर खोप ल्याउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स मार्फत ६२ लाख डोज खोप नेपाल आउने भएको हो ।

अमेरिकाले प्रदान गर्ने ६२ लाख डोज खोपमध्ये १५ लाख डोज खोप यही चैत ११ गते (२५ मार्च) सम्ममा नेपाल आउने जानकारी प्राप्त भएको उनको भनाई छ ।

यस्तै बाँकी रहेका खोप भने विभिन्न चरणमा वैशाख ५ गतेभित्र अप्रिल १८ मा आउने छ । हरेक पटकमा १५ लाख डोज मात्राका दरले खोप नेपाल आउने उनले जानकारी दिए ।

अमेरिकाले थप ३० लाख डोज खोप पनि दिनसक्नेछ । नेपालमा भएका खोप भण्डारको क्षमतालाई ध्यानमा राख्दै फरक फरक समयमा मात्रा निर्धारण गरेर खोप ल्याईने उनको भनाई छ । यो खोप १२ वर्षभन्दा माथिका लागि प्रयोग गरिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *