काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफु राजधानी किभमा रहेको बताएका छन् ।
सामाजिक संजाल मार्फत राष्ट्रपति जेलेन्स्कीले आफु किभमै रहेको र देश छोडेर नभागेको बताएका हुन् ।
मिडियामा जेलेन्स्कीले युक्रेन छोडेर पोल्याण्ड गएको हुनसक्ने रिपोर्ट सार्बजनिक भएपछि उनले यस बारेमा स्पष्ट गरेको बताएका छन् ।
उनले भनेका छन्- ‘हरेक दुई दिनमा जानकारी आउँछ कि म कतै भागेको छु, युक्रेनबाट, किभबाट, मेरो कार्यालयबाट भागेको । तपाईले देख्न सक्नुहुन्छ, म यहाँ मेरो ठाउँमा छु, एन्ड्रि बोरिसोभिच (यर्माक) यहाँ छ । कोही पनि कतै भागेको छैन ।
यहाँ हामी काम गरिरहेका छौं । हामीलाई दौड मन पर्छ, तर अहिले हामीसँग त्यसको लागि, विभिन्न कार्डियो व्यायामको लागि समय छैन, काम गर्दै छौं ।’




