समाचार

कैलाली कारागारका थुनुवाको मृत्यु

काठमाडौँ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका–३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ ।

जेलर नरबहादुर थापाले सेती प्रादेशिक अस्पतालको आईसीयुमा राखेर उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको बताए ।

उनका अनुसार थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण बिरामी थिए । यही फागुन १९ गतेदेखि प्रादेशिक अस्पतालमा उनको उपचार भइरहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *