समाचार

युक्रेनले रुसविरुद्धको युद्ध जित्नेछ- अमेरिकी विदेशमन्त्री ब्लिंकन

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेनले रुसविरुद्धको युद्ध जित्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

बिबिसीसँगको एक अन्तर्वार्तामा विदेशमन्त्री ब्लिंकनले युक्रेनले रुसविरुद्ध जित हासिल गर्ने दाबि गरेका हुन् ।

उनले भने- ‘यदि रुसले युक्रेनको सरकारलाई ध्वस्त पार्ने र त्यसको निर्देशन पालना गर्ने सरकार बनाउन चाहन्छ भने ४ करोड ५० लाख युक्रेनीहरूले यसलाई स्वीकार गर्दैनन् ।’

ब्लिंकनले यो युद्ध रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कल्पना गरेको जस्तो नहुने बताएका छन् । युक्रेनी सेनासँगको भिडन्तका कारण रुसी सेनाले नवौं दिनमा पनि देश कब्जा गर्न सकेको छैन ।

ब्लिंकनले न्जमे- ‘यो कति लामो समयसम्म चल्छ म भन्न सक्दिन । यो कति समय लाग्छ भन्न पनि सक्दिन । तर रुसको विरुद्धमा, ४५ मिलियन युक्रेनीहरू आफ्नो स्वतन्त्रता र आफ्नो भविष्यको लागि लडिरहेका छन् ।’

ब्लिंकनले अमेरिकाले युक्रेनमा सत्ता परिवर्तन नचाएको स्पष्ट गर्दै कुनै पनि परिस्थितिमा आफुहरुले त्यो नचाहेको बताए ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *