काठमाडौं ।उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन अतिक्रमणमा क्लस्टर बमको समेत प्रयोग गरेको प्रमाण रहेको बताएका छन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले भने,“हामीले क्लस्टर बम प्रयोग भएको देखेका छौँ। साथै अन्तर्राष्ट्रिय कानुन विपरीत हुने अन्य किसिमका अस्त्रको प्रयोग भएको पनि हामीले विवरण पाएका छौँ।”
उनले पश्चिमा सैन्य गठबन्धनले युक्रेनको आकाशमा ‘उडान प्रतिबन्धित’ क्षेत्र लागु नगराउने भनेका छन्।
साथै त्यहाँ आफ्नो फौज पनि नपठाउने उनले बताए।
तर किएभलाई अरू तरिकाबाट मद्दत गर्ने उनले वाचा गरे।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई तत्काल अतिक्रमण अन्त गर्न आह्वान गरेका छन्।




