काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चान्सलर ओलाफ शल्त्सका बिचमा टेलिफोन वार्ता भएको छ ।
चान्सलर शल्त्सले सैन्य कारबाही रोक्न आग्रह गरेको जनाइएको छ । विविसीका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको थियो । दुई नेताका बिचमा फेरि छलफल गर्ने सहमति समेत कायम भएको जनाइएको छ ।




