समाचार

१६ वटा युट्युव च्यानललाई अनुसन्धान गर्न प्रहरीको साइबर ब्यूरोमा सिफारिस

काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानललाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ ।

शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडिया अन्तर्गत आवद्ध नभएका १६ वटा च्यानललाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको जानकारी दिएका हुन्।

हालसम्म विभिन्न सञ्चार माध्यमबाट सम्प्रेषित सामग्री अध्ययन गर्दा सार्वजनिक अपराधसँग जोडिएका व्यक्ति तथा पीडितहरूको पक्ष/विपक्ष हुने गरी सामग्री सम्प्रेषण हुँदा सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने विज्ञप्तिमा जनाइएको छ।

‘पीडित व्यक्तिलाई नकारात्मक असर पर्ने तथा थप पीडा हुने देखिन्छ। जुन कार्यबाट पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(११), ५(४) र ४(९) को ठाडो उल्लङ्घन भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *