राजनीति

माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं । नेकपमा माओवादी केन्द्रको बैठक पर्सी (आइतबार)सम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकमा पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ गर्नुका साथै अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेर बैठक समापन भएको हो ।

पहिलो दिनको बैठकमा अध्यक्ष प्रचण्डले एमसीसी, गठबन्धन सरकार, स्थानीय चुनाव लगायतका विषयमा ब्रिफिङ गरेका थिए । आइतबारको बैठकमा पार्टीले तय गरेका एजेण्डाका बारेमा छलफल हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *