समाचार

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं ।सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अध्यक्ष बस्नेतलाई सरकारले ‘पत्रकार महासंघको सदस्यता अवधि २० वर्ष प्रमाणित नभएकोले किन कारवाही नगर्ने ?’ भनी स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण विरुद्ध सर्वोच्च पुगेका अध्यक्ष बस्नेतलाई तत्काल कारवाही नगर्न अल्पकालीन आदेश दिइएको हो । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले बस्नेतलाई स्पष्टीकरण सोधिनुको कारण देखाउन समेत सरकारका नाममा आदेश गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *