समाचार

रुसी हवाई आक्रमणमा ४७ जनाको मृत्यु

काठमाडौं।युक्रेनको चेर्निहिभ सहरको आवासीय क्षेत्रमा भएको रुसी हवाई आक्रमणमा मृत्यु हुने मानिसको सङ्ख्या ४७ पुगेको स्थानीय निकायले जनाएका छन्।

आक्रमण जारी रहेका कारण उद्धार कार्य स्थगित गरिएको स्थानीय आपत्कालीन सेवाले जनाएको छ।

सो सहरमा रुसी आक्रमणमा अहिलेसम्म १४८ जनाको मृत्यु भएको बताइएको छ।

रुस र बेलारुसको सीमानजिकको सो सहरमा ३००,००० मानिसको बसोबास छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *