काठमाडौं।रुसले युक्रेन अतिक्रमण गरेको एक साता बितेको छ।
यतिखेर युक्रेनका मुख्य सहरहरूमा रुसी आक्रमण निकै तेज पारिएको छ।
तर हालसम्म एउटामात्रै मुख्य सहर रुसी कब्जामा पुगेको छ।
मुख्य घटना यसप्रकार छन्:
- रुसी सेनाले रणनीतिक महत्त्वको बन्दरगाह सहर खेअरसन आफ्नो नियन्त्रणमा लिएको छ। रुसले कब्जा गरेको यो पहिलो महत्त्वपूर्ण सहर हो।
- अघिल्लो बिहीवार यता १० लाखभन्दा धेरै मानिसले युक्रेन छाडेका छन्। तीमध्ये आधा जति छिमेकी पोल्यान्डमा गएको संयुक्त राष्ट्रसङ्घले बताएको छ।
- द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा भएका सम्भावित युद्ध अपराध तथा मानवताविरुद्ध अपराधको अनुसन्धान थालेको छ।
- कैयन् सहरहरूमा व्यापक बमबारी भइरहेको छ। मारिउपोल सहरमा घाइतेलाई मद्दत गर्न समेत गाह्रो परिरहेको मेयरले बताएका छन्।
- रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले तेस्रो विश्वयुद्ध भएमा परमाणुयुद्ध हुने चेतावनी दिएका छन्। तर रुसले त्यसबारे सोचबिचार नगरेको उनले बताए।
- राजधानी किएभमा ठूल्ठूला विस्फोटन भएका छन्। हालसम्म सहर युक्रेनी सरकारकै नियन्त्रणमा छ।




