विश्व

युरोपकै सबैभन्दा ठूलो परमाणु केन्द्रमा आगलागी: युक्रेन

काठमाडौं ।युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले रुसी सेनाले युरोपकै सबैभन्दा ठूलो जापोरिज्या परमाणु केन्द्रमा ‘‘सबै दिशाबाट हमला गरिरहेको’’ बताएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार आक्रमणका कारण परमाणु केन्द्रमा आगलागी भएको छ।

“रुसीहरूले तुरुन्तै आगलागी रोक्नुपर्छ, अग्नि नियन्त्रकहरूलाई अनुमति दिनुपर्छ, सुरक्षा क्षेत्र स्थापना गर्नुपर्छ!” कुलेबाले ट्विटरमा लेखेका छन्।

मेयर दिमित्री ओर्लोभले रुसी फौजलाई फायरिङ रोक्न आग्रह गरेका छन्।

सो क्षेत्रमा आगोका लप्का र धुवाँ उडिरहेको भिडिओ पोस्टमा देखिन्छ।

मेयर ओर्लोभले त्यहाँको अवस्था विश्वकै सुरक्षाका लागि खतरा भएको बताएका छन्।

यसअघि बिहीवार राष्ट्रसङ्घीय निकायले परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण रोक्न आग्रह गरेको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *