काठमाडौं ।बेलारुसले आफ्ना सेनालाई युक्रेनभित्र छिरेर लडाइँ गर्न बिहीवार आदेश दिएको युक्रेनी सेनाले जनाएको छ।
“बेलारुसको सैन्य युनिट कमान्डलाई सीमा कटेर युक्रेनभित्र छिर्न आदेश दिइएको छ,” युक्रेनी सेनाले एउटा फेसबुक पोस्टमा भनेको छ।
युक्रेनी सेनाका अनुसार रुसी फौजले क्षेप्यास्त्र हमलाका लागि बेलारुसी भूमिलाई प्रयोग गर्दै आएका छन्।
यसअघि बेलारुसी राष्ट्रपतिले युक्रेनसँग जोडिएको सीमामा सैन्य उपस्थिति दोबर पारिने बताएका थिए।
युक्रेनसँग सीमा जोडिएको बेलारुसको सत्तामाथि रुसको गहिरो प्रभाव रहेको बताइन्छ।




