काठमाडौँ । नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ७० र एन्टीजेन परिक्षणबाट ३५ गरि कुल १०५ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३२० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४८ पिसिआर र २४७६ नमुना एन्टीजेन परिक्षण गरि कुल ४ हजार ९२४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५१७ पुगेका छन् ।पछिल्लो कोरोनाबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४४ पुगेको छ ।




