विश्व

ईयूमा जेलेन्स्कीको भावुक सम्बोधन, ‘प्रमाणित गर हाम्रो साथमा छौँ भनेर’

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मंगलबार भिडियो लिङ्कमार्फत् युरोपेली संघको विशेष सत्रलाई सम्बोधन गर्दै आफ्नो देशमा जे भइरहेको छ त्यो दुःखद भएको बताएका छन्।

सम्बोधनको क्रममा जेलेन्स्कीले भने, ‘हामीलाई कसैले तोड्न सक्दैन, किनकि हामी युक्रेनी हौं। हाम्रा सहरहरू अवरुद्ध छन्। युक्रेनका जनता आफ्नो भूमि, आफ्नो स्वतन्त्रता र आफ्नो जीवनको लागि लडिरहेका छन्।’

जब राष्ट्रपति जेलेन्स्कीले आफ्नो भाषण समाप्त गरे । युरोपेली संघको सांसदले उनलाई उभिएर असाधारण स्वागत अभिवादन गरे ।

जेलेन्स्कीले ईयूलाई यो युद्धमा युक्रेनलाई साथ रहेको प्रमाणित गर्न आग्रह गरे। उनले युक्रेनलाई सोमबार युरोपेली संघमा सामेल गराउन आधिकारिक अनुरोध गरेका थिए।

‘ईयू हामीसँग धेरै बलियो हुन गइरहेको छ, यो पक्का छ। तर ईयूबिना युक्रेन एक्लै छोडिदैँ गएको छ,’ जेलेन्स्कीले युरोपेली संसदलाई भने।

उनले भने, ‘ईयू हामीसँग छ भनी प्रमाणित गर। ईयूले हामीलाई जान नदिने भनेर प्रमाणित गर। ईयू साँच्चै युरोपेली हो भनेर प्रमाणित गर तब जीवनले मृत्युमाथि विजय हासिल गर्नेछ र अन्धकारमाथि प्रकाशको विजय हुनेछ।’

जब जेलेन्स्की भिडियो कन्फरेन्समार्फत् युरोपेली संसदको विशेष सत्रमा सामेल भए । संसदका सदस्यहरूले उनको प्रशंसा गर्न उभिएका थिए। धेरै सदस्यहरूले युक्रेनको झण्डा भएको टी-सर्ट लगाएका थिए।

एक भावुक क्षणको बीचमा जेलेन्स्कीले भने कि रूसले युक्रेनका बच्चाहरूलाई समेत निशाना बनाएको छ। उनले सोमबार रुसले १६ बालबालिकाको हत्या गरेको आरोप लगाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *