समाचार

१० किलो गाँजासहित तीन भारतीय नागरीक पक्राउ

काठमाडौँ । तीनजना भारतीय नागरिकलाई सर्लाही प्रहरीले लागूऔषध र गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला राजा प्रसोनी ग्राम पञ्चायत(१ बस्‍ने २३ वर्षीय साकिर, सोही ठाउँका वडा नम्बर ९ बस्ने ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पञ्चायत सलिमपुर वडा(१३ बस्ने २० बर्षीय नसु आलम रहेका छन् ।

मलगंवा नगरपालिका(८ मा चेकजाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना.२ ह १५६७ नम्बरको टेम्पोबाट १० किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *