राजनीति

भीम रावल पार्टीको धारणाभन्दा भिन्न गएर व्यक्तिगत रुपमा हिरो हुन खोजे- ओली

काठमाडौं ।एमाले अध्यक्ष केपी ओलीले एमाले सांसद भीम रावलले पृथक् हुने बहानामा पार्टी अनुशासनविपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।

विभिन्न बहानामा पृथक् देखिएर हिरो बन्न खोजेको र त्यस्ता क्रियाकलाप अनुशासनभित्र नपर्ने भन्दै उनले यसमा पार्टीको ध्यानाकर्षण भएको बताए। ‘भीम रावल पृथक् भएर गतिविधि गरिरहनुभएको छ। पार्टीको हिरो हुन खोज्ने गरी कुनै पनि बहानामा पृथक् देखिएर गर्ने क्रियाकलाप अनुशासनभित्र पर्दैन। अनुचित र अनुशासनहीन क्रियाकलाप गरिरहनुभएको छ। यसमा पार्टीको ध्यान गएको छ,’ अध्यक्ष ओलीले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *