विश्व

रुसको निशानामा किभ, ठुलो संख्यामा सेना राजधानीतर्फ जादै

काठमाडौँ । एयुक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंद गाडीहरु फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् ।

म्याक्सर टेक्नोलोजीका नयाँ स्याटेलाइट तस्बिरहरूले किभको बाहिरी इलाकामा पुगेको रूसी सैन्यगरुको गाडीहरु यसअघि मापन गरिएको भन्दा पनि लामो भएको देखाएको छ ।

म्याक्सरले सोमबार रुसी हतियारसहितका सैनिकका गाडीहरुको लस्कर ६४ किलोमिटरभन्दा लामो रहेको बताएको छ ।

म्याक्सरले रुसी सैन्य सशस्त्र सवारी साधन, ट्याङ्क, टोड आर्टिलरी र अन्य लजिस्टिक वाहनहरू रहेको बताएको छ ।

म्याक्सरले अद्यावधिक गरेको सशस्त्र सवारी साधनहरुको लस्करको लम्बाइको उनीहरूले सङ्कलन र विश्लेषण गरेको अतिरिक्त उपग्रहका आधारमा लिएको बताएको छ ।

कम्पनीले उल्लेख गरेको छ कि यसले इभान्किभको उत्तर र उत्तरपश्चिममा धेरै घर र भवनहरूबाट धुवाँको मुस्लो उठेको देखेको छ, जहाँ सवारी साधनहरुले यात्रा गरिरहेको सडकहरू नजिकै छ । म्याक्सरका अनुसार कतिपय क्षेत्रमा सैन्य सवारीसाधनले सडक चोकमा पर्ने गरेकोले ट्राफिक जाम हुने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *