समाचार

गृहमन्त्री पनि पशुपतिमा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण महाशिवरात्रीको दिन पशुपतिनाथ मन्दिर पुगेका छन् । उनी पशुपतिनाथ मन्दिरमा पूजा गर्न गएको उनको सचिवालयले जनाएको छ ।

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीलाई मिलाइएको पूजाको प्रवन्ध र सो क्षेत्रको सुरक्षा व्यवस्थाबारेसमेत उनले जानकारी लिएका छन् ।

पशुपतिनाथ मन्दिरमा पूजा गर्नेहरुको आज बिहानैदेखि भिड लागेको छ । देशभरका विभिन्न भागसहित छिमेकी देश भारतका तीर्थयात्री समेत पशुपतिनाथ मन्दिरमा आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *