राजनीति

एमसीसीबारे एमालेकाे धारणा सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्दै ओली

काठमाडाैं।अमेरिकी अनुदान एमसीसी संसदबाट अनुमाेदनमा भाग नलिएकाे प्रमुख प्रतिपक्षी एमालेले आज आधिकारिक धारणा सार्वजनिक गर्ने भएकाे छ । एमाले अध्यक्ष केपी ओलीले आज दिउँसाे १ बजे तिनकुनेस्थित राेयल ब्यांकेटमा पत्रकार सम्मेलन आयाेजना गर्दैछन् ।

एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा एमालेका आधिकारिक धारणाहरू सार्वजनिक हुनेछ ।

एमसीसी गत शुक्रबार संसदबाट अनुमाेदन भइसकेकाे छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *