समाचार

एमसिसीविरुद्धको रिट दर्ताबारेको निवेदन न्यायाधीश कार्कीको इजलासमा

काठमाडौं।सर्वोच्च अदालतले एमसिसीविरुद्धको रिटको दरपिठ आदेशविरुद्धको निवेदनको सुनुवाइ न्यायाधीश हरिकृष्ण कार्कीको इजलासमा तोकेको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दरपिठविरुद्ध दिएको निवेदन सर्वोच्चले न्यायाधीश कार्कीको एकल इजलासमा राखेको हो।

भण्डारीले यसअघि एमसिसी रोक्न माग गर्दै दर्ताका लागि पेस गरेको रिट निवेदन गत सोमबार सर्वोच्चले दरपिठ गरेको थियो। सर्वोच्चले सरकारको नीतिगत निर्णय अदालतको क्षेत्राधिकारमा नपर्ने भन्दै रिट दर्ता गर्न अस्वीकार गरेको थियो।

सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले गत फागुन १० मा दर्ता गर्ने आधार नभएको भन्दै दरपिठ गरिदिएका थिए। यसविरुद्ध भण्डारीले निवेदन दिएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *