समाचार

एमसीसीको मतदानमा झलनाथ खनाल सहभागी नहुने

काठमाडौं । एमसीसी संसदबाट पारित गर्नका लागि आइतबार साँझ साढे ६ बजेपछि प्रतिनिधि सभाको अर्को बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी सम्झौता पारित गर्न मतदान हुनेछ ।

एमसीसीको मतदान प्रकृयामा सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भाग नलिने भएका छन् । उनले मतदान प्रकृयामा आफू सहभागी नहुने बताएका छन् ।

आइतबार नै बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले एमसीसी व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *