समाचार

एमसिसीले सार्वभौम अधिकारलाई खण्डित गरेको छ : देव गुरुङ

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अमेरिकी परियोजना एमसिसी संशोधनबिना अगाडि बढाउन नहुने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता गुरुङले भने, ‘एमसिसी सदनबाट पेश गर्ने थिएन। तर, सदनबाट पारित गर्दा नेपालको कानुन निष्क्रिय भएर सबै अधिकार एमसिए एकाउन्टलाई दिने गरी आयो। संशोधन गरेर आर्थिक परियोजनाको रूपमा अगाडि बढाउन सकिन्छ भने हो, नत्र स्वीकार गर्न सकिँदैन। हामीले यही भनेका हौँ। आज सत्ता घटकका ४ दलबीच केही प्रतिबद्धता घोषणा तय भएको छ। संशोधनको संसदमा पेश गर्नुपर्छ।’

व्याख्यात्मक घोषणा एकातर्फी गरेर कुनै अर्थ नहुने उनको भनाइ छ। नेता गुरुङले भने, ‘सरकारले यो या बुँदामा संशोधन हुन्छ भनेर ल्याउनुपर्ने हो। सम्झौता दुई तर्फबाट संशोधन हुनुपर्छ। एकतर्फी संशोधनको अर्थ हुँदैन। त्यसलै राष्ट्रियको विषयमा सहमतिको आधारमा अघि बढ्यौँ। आर्थिक परियोजनाको विषयमा विमति होइन। तर, यो शिर्षकमा मात्रै आर्थिक परियोजनामा छ। त्यसको सम्झौता नेपालको सार्वभौम अधिकारलाई खण्डित हुने गरी आएको छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *