समाचार

एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादी नेता पोखरेलको असहमति

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेलले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्ने पार्टीको निर्णयमा असहमति जनाएका छन् ।

पार्टीको निर्णयपछि कुरा गर्दै एमसीसीमा टिप्पणीसहितको सम्झौताको अर्थ नहुने बताएका हुन् । एमसीसीमा टिप्पणीसहितको सम्झौता गर्ने भनिए पनि त्यो सिधै सम्झौता ठहर्ने नेता पोखरेलको भनाई छ ।

सम्झौता संशोधन वा परिमार्जनमध्ये आफुहरुको माग पुरा नहुने र सम्झौता संशोधनको अर्थ पनि नरहने उनले तर्क गरे ।व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने पार्टीको निर्णयमा अन्य केहि नेताहरु पनि असन्तुष्ट रहेको तर आफुले नाम भन्न नचाहेको पोखरेलले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *