समाचार

युक्रेमाथि रुसी हमला : जर्मनीले युक्रेनलाई हतियार सहायता गर्ने

मस्को । युक्रेनमाथि रुसले चौथो दिन पनि हमला गरेको छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेको छ। बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत भएको रष्ट्रसंघले अनुमान गरेको जनाएको छ। तर, यो संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ।

पूर्वी युक्रेनको दोनेतस्क क्षेत्रमा ४० भन्दा बढी युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको विवरणहरु सार्वजनिक भएका छन् ।

चार देशसँग हवाई क्षेत्र बन्द
रुसले लिथुआनिया, लातभिया, इस्टोनिया र स्लोभेनियाका विमानहरूका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।

उता, जर्मनीले युक्रेनलाई एक हजार हतियार, पाँच सय ‘स्टिङगर’, र सतहबाट हावामा मार हान्ने क्षेप्यास्त्र उपलब्ध गराउने घोषणा गरेको छ। रुसी ट्या‌ंकको प्रतिकार गर्न जर्मनीले सो सहयोग प्रदान गर्ने भएको हो ।

जर्मनीले रुससँगको हवाइ उडान पनि रद्द गर्ने भएको समाचार एजेन्सी एएफपीले जनाएको छ

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *