संसद

यस्तो छ प्रतिनिधिसभाको आइतबारको सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

शनिबार संसद् सचिवालयले आइतबार १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख गरेको छ ।

प्रतिनिधिसभाको दशौँ अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजे बस्ने तय छ ।आइतबारको बैठक अघि दुई पटक प्रतिनिधिसभाको बैठक सारिएको थियो ।

सरकारले फागुन ८ गते आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको थियो । एमसीसीक विषयमा सत्तारुढ गठबन्धन भित्र विवाद भएपछि अहिले दलहरु अन्तिम छलफलमा रहेका छन् । आजै काँग्रेस र एमालेबीच छलफल भैरहेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीको पनि भेटवार्ता हुदै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *