खेलकुद

च्याम्पियन्स लिगमा लिलमाथि चेल्सीको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ को पहिलो लिगमा चेल्सीले फ्रेन्च क्लब लिललाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले लिललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीको जितमा काइ हाभेर्टज र क्रिस्टियन पुलासिकले एक एक गोल गरेका थिए । हाभेर्टजले खेलको आठौ मिनेटमा गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६३औं मिनेटमा पुलासिकले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारेका थिए ।

अब राउण्ड १६ को दोस्रो लिग लिलको घरेलु मैदानमा मार्च १७ मा हुने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *