काठमाडौं ।युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा इटालियन क्लब युभेन्ट्स स्पेनिस क्लब भिल्ला रियलसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
मंगलवार भएको खेलमा युभेन्टसले खेल सरु भएको पहिलो मिनेटमै अग्रता लिन सफल भए पनि त्यसलाई जोगाउन असफल हुँदा खेल १-१ गोलको बराबरीमा सकिएको हो।
डुसान भ्लाहोभिकले भिल्ला रियलको घरेलु मैदानमा ३२ सेकेन्डमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। गत महिनामात्र ५८ मिलियन पाउन्डमा फ्लोरेन्टाबाट युभेन्टस आएका २२ वर्षीय डुसानले ड्यानिलोको लामो पासलाई सदुपयोग गरेका थिए।
१-० को अग्रतालाई अधिकांश समय जोगाएको युभेन्टस ६६ औं मिनेटमा भने गोल खान पुगेको थियो। इटाइने कापोउले दिएको पासलाई डेनी परेजोले गोल गर्दै घरेलु टोलिको सम्भावित हार टार्दै खेलमा बराबरी गरे। त्यसपछि दुवै टिमबाट थप गोल हुन नसक्दा पहिलो लेग बराबरीमा सकियो। अब यी दुईबीचको दोस्रो लेग १७ मार्चमा युभेन्टसको मैदानमा हुने छ।




