काठमाडौं । केहि समय अगाडीदेखि नायक पल शाह र एक नावालिका बीचको सम्बन्धले बजार तात्तिएको छ । ति नावालिकाले आफूलाई अभिनेता पल शाहले पीडित बनाएको बताएकी छन्।
पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ नावालिकाले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’
टिसिने नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा नावालिकाले पलसँगको सुरुदेखि अहिलेसम्मको विविध कुरा खोलेकी छन् । जसमा उनले पलसँगको पहिलो भेटदेखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन्।
पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूलाई निर्माण युनिटले लैजानु समेत पलकै प्लानिङ भएको थाहा पाएको बताएकी नावालिकाले त्यसपछिका घटनाक्रम समेत सविस्तार राखेकी छन् ।




