खेलकुद

पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२औँ चरणका खेल समाप्त हुँदैछन् । अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन् । र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन् ।

जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा राम्रो स्थान बनाउनु हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसाे १ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा छ । एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ ।

अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ । आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा छ । संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *