काठमाडौं । आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आयरल्याण्ड र युएई सेमिफाइनलमा पुगेका छन् ।
समुह ए बाट शिर्ष स्थानमा रहदै आयरल्याण्ड सेमिफाइनलमा पुगेको हो भने युएई दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।
आज भएको खेलमा आयरल्याण्डले जर्मनीलाई ७ विकेटले पराजित गरेको थियो भने युएई बहराइनसँग २ रनले पराजित भएपनि रनरेटको आधारमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै समुह बि का अन्तिम खेल आज हुदै छन् । जसमा नेपालले क्यानाडाको सामना गर्दै छ भने ओमानले फिलिपिन्सको सामना गर्दै छ ।




