खेलकुद

क्यानडाविरुद्ध नेपालले टस हारेर फिल्डिङ गर्दै

काठमाडौँ । नेपालले आइसिसी टी- २० विश्वकप ग्लोबल छनोट ए को आफ्नो अन्तिम खेलमा क्यानडाविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ क्यानडाका कप्तान नवनित धालिवालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

नेपालले आजको खेलमा एक परिवर्तन गर्दै गुलशन झाको ठाउमा कमलसिंह ऐरीलाई खेलाएको छ ।

ग्लोबल क्वालिफायर अन्तर्गतको समूह ए बाट आयरल्याण्ड र युएई सेमिफाइनल पुगिसकेका छन् । समुह बि बाट समुह विजेता हुने टिमले युएईसँग र उपविजेता हुने टिमले आयरल्याण्डसँग सेमिफाइनलमा खेल्ने छन् ।

सेमिफाइनल जित हासिल गरेर फाइनलमा पुग्ने दुई टिमले आगामी अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा हुने टी-२० विश्वकप खेल्ने छन् ।

नेपालको प्लेइङ- ११: सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *