राजनीति

काँग्रेस नेता पौडेलले सत्ता साझेदार दलका शीर्ष नेता भेट्दै

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सत्ता साझेदार दलका नेताहरुलाई भेट्दै छन् ।

नेता पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छुट्टाछुट्टै भेट गर्न लागेका उनी निकट एक नेताले बताए ।

उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन र सत्ता गठबन्धन जोगाउनेबारे प्रचण्ड, नेपाल र यादवसँग छलफल गर्न लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *