समाचार

गजुरीमा सालकको खपेटासहित दुई जना पक्राउ

काठमाडौं । गजुरी गाउँपालिका–१ गजुरीबजारबाट करिब १ केजी सालकको खपेटा सहित दई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ बस्ने २४ वर्षी शेर बहादुर तामाङ र काठमाडौं शंखरापुर नगरपालिका–२ बस्ने १९ वर्षीय मान बहादुर तामाङ छन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको ना.८ ख ८४२९ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा ट्रकमा लुकाई राखेको अवस्थामा उक्त खपेटा फेला पारी ट्रक चालक शेर बहादुर र ट्रकमा सवार मान बहादुरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *