समाचार

राजनीतिबाहेक साहसिक कार्यमा पनि रुची राख्छन्ः पुटिन

काठमाडौं । रूसी राष्ट्रपति कार्यलयको प्रशासन क्रेमलिनले केही समयअघि निकै आकर्षक र मन्त्रमुग्ध हुने खालका तस्बिर सार्वजनिक गरेको थियो, जहाँ राष्ट्रपति भ्लादमिर पुटिन साइवेरियामा हाईकिङ र माछा मारेका देखिन्थे । आफ्ना नजिकका सहयोगीलाई कोभिड भएपछि केही समय हराएका पुटिन साहसिक कार्यमा पुनः देखिएका थिए ।

आफ्नो छोटो बिदा मनाउन उनी साईवेरिया रुमल्लिएका थिए । त्यसअघि उनी प्राइमोरी र अमुर क्षेत्रको भ्रमण गरेका थिए । उनलाई रक्षामन्त्री सर्जी सोइजुले साथ दिएका थिए ।

सार्बजनिक भएका तस्विरमा पुटिन एउटा नदिबाट माछा समाएको र हरियो मैदानमा हिडडुल गरेको देखिन्छन् ।

‘एक्सन–म्यान’ ले समेत चिनिने पुटिन भालुको शिकार गरेको र माछा समाएका तस्बिरहरु विश्वका विभिन्न सञ्चार माध्यममा छापिएका थिए ।

साइवेरियाको जंगलमा नयाँ गेट अपमा प्रकट भएका पुटिनसँग धेरै मानिस झुक्किएका थिए । ‘के उनी रसियाकै राष्ट्रपति पुटिन हुन त’ उनका तस्विर सार्वजनिक भएपछि केही रसियालीले टिप्पणी गरेका थिए ।

उनी दक्षिणी साइबेरियाको सयानो शुशेस्की नेचर रिर्जभमा घुमेको अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *